भरुवा बन्दुक फेला
२०७६ मंसिर २ गते

मंसिर २, काठमाडौँ । भरुवा बन्दुक लुकाइ राखेकाे सूचनाको आधारमा सोमबार प्रहरीले सिन्धुलीबाट एकथान भरुवा बन्दुक फेला पारेको छ ।
सिन्धुलीको सुनकोसी गाउँपालिका ७ मझुवाका सुप्रिम लामाको गोठमा लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारेको हो ।
सो गोठमा छापा मार्न पुगेका इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी टोलीले उक्त बन्दुकलाई नियन्त्रणमा लिएको हो । यस घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।

२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








