युरो कप २०२० का लागि पोर्चुगल छनौट, लग्जम्बर्ग २–० ले पराजित
२०७६ मंसिर २ गते

मंसिर २, काठमाडौँ । युरो कप २०२० का लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगल छनौट भएको छ । छनोट चरणको अन्तिम खेलमा लग्जम्बर्गलाई २–० गोलले हराउँदै पोर्चुगलले अर्को वर्ष हुने प्रतियोगिताका लागि छानिएको हो ।
खेलको ३९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाउन सफल भए । लग्जम्बर्गले भने कुनै पनि गोल गर्न सकेन । खेल सकिन चार मिनेट बाँकी रहँदा पोर्चुगलका लागि रोनाल्डोले निर्णायक १ गोल गरेसँगै पोर्चुगल २ गोलले विजयी हुन सफल भयो ।
यो जितसँगै पोर्चुगल समूह ‘बी’बाट उपविजेता बन्दै युरो कप २०२० मा स्थान सुरक्षित बनाउन सफल भएको हो । यो समूहबाट युक्रेन समूह विजेता बन्दै युरोमा छनौट भएको छ ।
null
यसैबीच पोर्चुगलको जितसँगै रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् ।
२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








