आत्मघाती गोल खाँदै ब्राइटन युनाइटेडसँग ३–१ गोलले पराजित

कात्तिक २५, एजेन्सी । इङ्लिस प्रिमियर लिग अन्तरर्गत जारी फुटबलमा ब्राइटनलाई ३–१ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।   

घरेलु मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडको जितका लागि खेलको ७औं मिनेटमा आन्द्रेयस पेरेराले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट लगत्यै ब्राइटनका डेभी प्रोपरले आत्मघाती गोल गरेपछि युनाइटेडलाई थप अग्रता मिल्यो ।   

खेलको ६४औं मिनेटमा ब्राइटनका लेविस डन्कले १ गोल गरेपनि त्यसपछि कुनै पनि गोल हुन सकेन ।  खेलको ६६ औँ मिनेटमा युनाइटेडकोतर्फबाट रासफोर्डले मार्सियलको पासमा गोल गर्नसफल भए । रासफोर्डको गोलनै खेलको निर्णायक गोल बन्न पुग्यो र युनाइटेडलाई सहज जित मिल्यो ।   

जितसँगै युनाइटेड सातौँ स्थानमा उक्लिएको छ । युनाइटेडले १२ खेलबाट १६ अंक बनाएको छ भने ब्राइटन १५ अंकसहित ११औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =