मानव तस्करकाे आरोपमा नेपाली महिला पक्राउ

  

  

काठमाडौं । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु-याउन सक्रिय एक नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । 

दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु-याएको अवस्थामा बिहीबार भारतीय सुरक्षाकर्मीले भोजपुर जिल्ला निवासी कल्पना राईलाई पक्राउ गरेका हुन् । 

भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरिएको थियो । उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएका थिए । 

उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ । कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । हाल उनीहरु रुपैडिया मै सुरक्षाकर्मीको नियन्त्रणमा छन् । 

कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ख सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ । अधिकारीहरुका अनुसार उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *