चितवनको रत्ननगरमा प्रदेशस्तरीय कराँते प्रतियोगिता

मंसिर ४, चितवन ।   चितवनको रत्ननगरमा प्रदेश स्तरीय रेन्बुकाई कराँते प्रतियोगिता आउँदो माघमा हुने भएको छ ।  

नेपाल रेन्बुकाई कराँते डो संघ जिल्ला समिति चितवन र सालघारी युवा समाजको आयोजनामा माघ १७ र १८ गते प्रतियोगिता हुन लागेको हो । आयोजक नेपाल रेन्बुकाई कराँते डो संघले बुधवार पत्रकार सम्मेलन गरि प्रथम प्रदेशस्तरीय कराँते प्रतियोगिता हुन लागेको बताए । 

 प्रतियोगितामा १३ वटै जिल्लाबाट २ सय ५० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने रेन्बुकाई कराँते संघका प्रमुख लालवहादुर तामाङले वताए । महिला पुरुष छुट्टा छुट्टै १८ विद्यामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार र ट्रफी तथा द्धितिय हुने टिमले नगद ३५ हजार र ट्रफी प्राप्त गर्ने संघकी सचिव सुष्मा श्रेष्ठले बताईन् । 

 प्रतियोगितामा मार्फत सालघारीलाई चिनाउँदै कवर्ड हल वनाउने उदेश्य रहेको  सालघारी युवा समाजका अध्यक्ष बिशाल लामाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =