धरानमा जारी डिपो कपमा डिपो क र प्लेट च्याम्पियनमा मेरील्यान्ड र इमानुएल स्कुल बिजयी

मंसिर ९, धरान । धरानमा जारी डिपो कपमा आईतबार पनि तीख टीम बिजयी बनेको छ ।
धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा भएको १६ औ ललित अम्बर डिपो कपको खेलमा बिजयी बन्दै डिपो क सेमिफाइनलमा प्रवेश गरेको छ भने मेरील्याण्ड स्कुल र ईमानुएल स्कुल समेत बिजयी भएको छ । आज भएको खेलमा डिपो क ले विष्णु स्कुललाई १-० गोल अन्तरले पराजित गरेको हाे । खेलमा डिपोका हाङसाङ लिम्बुले एक मात्र निर्णायक गोल गरेको थियो । बिजयी बनेका डिपो क सेमिफाइनलमा प्रवेश गर्न सफल भएकाे छ ।
डिपो कप अर्न्तगत भोली मंगलबार दिउँसो १ बजे हुने पहिलो सेमिफाइनलमा भने आइडियल स्कुल र एक्वा डायनस्टी स्कुल भिड्ने छ । यस्तै भोली नै दिउँसो २ बजे हुने दोश्रो सेमिफाइनलमा डिपो क र नेपाल पुलिस स्कुल भिड्नेछ ।

प्लेट च्याम्पियनसिप अर्न्तगत आज नै भएको पहिलो खेलमा मेरील्यान्ड स्कुलले धरान आर्दश स्कुललाई ३९२ गोल अन्तरले पराजित गरेको छ । खेलमा मेरील्यान्डका अभिसान राई, जुएस राई र आर्यन तामाङले गोल गरेका थिए भने आर्दशका रोशन लिम्बु र ताङसाङ लिम्बुले गोल फर्काएका थिए ।
यस्तै प्लेटको दोश्रो खेलमा इमानुएल स्कुलले इर्स्टन स्कुललाई ३९० गोल अन्तरले पराजित गरेको छ । इमानुएलको तर्फबाट कप्तान अर्जुन कामतले २ गोल गरेका थिए भने एक गोल इर्स्टनको तर्फबाट सुसाइड गोल भएको थियो ।
लेट दिलकुमार प्लेट च्याम्प्यानसिप अर्न्तगत भोली








