निर शाहको अगाडि झुक्दा भूवनको प्रशंसा

मंसिर १२, काठमाडौँ । नायक तथा निर्देशक भूवन केसीले कालाकार निर शाहलाई झुकेर घुडा टेकेर गरेको सम्मानको एक तस्विरले केसीलाई निकै तारिफ बटुल्न सफल बनाएको छ ।
पछिल्लो समयमा नेपाली चलचित्रबाट सम्मानको भावना हराउँदै गएको गुनासो आईरहेको समयमा उनको त्यस शैलीलाई चलचित्रकर्मी सबैले निकै प्रशंसा गरेका छन् ।
केही दिन अघी जापानमा आयोजित ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’ मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएका कलाकार शाहलाई नायक तथा निर्देशक केसीले झुकेर भुँईमा घुडा टेकर सम्मान गरेका थिए । उनले गरेको सो कार्यले सबै चलचित्रकर्मीमा एक प्रकारको सन्देश प्रवाह गरेको थियो ।

उनले घुडा टेकेर सम्मान गरेको प्रशंसा गर्दै नायिका संचिता लुईटेले सामाजिक संजालमा आफ्नो आधिकारीरिक फेसबुक अकाउण्टबाट सोही तस्बिर सेयर गर्दै लेखेकी छिन् । ‘सुपर स्टार‘रेस्पेक्ट’
त्यसैगरी अर्का चलचित्रकर्मी अनुराग कुँवरले पनि आफ्नो आधिकारीरिक फेसबुक अकाउण्टबाट सोही तस्बिर सेयर गर्दै लेखेका छन् । ‘अंग्रेजीमा प्रखर हुनु मात्रै सुपरस्टारको पहिचान होइन । चाहे सय गल्ती किन नहोस्, यस्तो एक व्यवहारले माफीको हकदार हुन्छ । किनभने, जो कहलिएका थिए उहाँबाट आफ्नो अंग्रजलाई यस्तो आदर कहिले देखिएन । मेरो व्यक्तिगत वुझाई । जय नेपाली सिनेमा ।’








