नयाँदिल्लीको प्रदुषणको असर नेपालमा पनि

कात्तिक २०, काठमाडौँ । भारतको नयाँदिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ । उहाँले भन्नुभयो, ‘अहिले भारतीय वायुको ठूलो र भयावह प्रभाव परेको छैन तर पश्चिम तराईमा प्रत्यक्ष अप्रत्यक्षरुपमा धुलोका कण मिश्रित वायु आइरहेको हुन्छ ।’ 

नेपालका तराईका भू–भागमा काठमाडौँ उपत्यकता र अन्यत्रका पहाडी भेगको मौसम धुम्मिए पनि अहिले दिल्लीको वायुको प्रभाव नपरेको पौडेलको भनाई छ ।   

null

उद्योग, कलकारखाना र सवारीबाट निस्कने धुलो, धुवाँ घरायसी र अन्य प्रयोजनका लागि बालिने आगोका कारण यो मौसममा नेपालभित्र पनि प्रदुषण बढ्ने गरेको उनीहरुको ठहर छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =