यसरी बनाउँनुस् घरमै स्वादिष्ट मटर पनिर

मंसिर ९ । शाकाहारीहरूलाई तरकारी खाँदाखाँदा वाक्क भएपछि स्वादका लागि के खाने के नखाने भनेर अलमलिइरहेको अवस्था पनि हुन्छ, भने घरमा आउने शाकाहारी पाहुनालाई के बनाएर खुवाउने भनेर घरपरिवारका व्यक्तिहरूलाई पनि समस्या उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा पनिरको सब्जीले निकै मद्दत गर्न सक्छ । यसरी आफ्नै भान्सामा मटर पनिर बनाउनु होस् । 

चाहिने सामग्री : आधा कप उसिनेको मटर, २०० ग्राम पनीर, हरियो खुर्सानी, क्रिम, प्याजको पेस्ट, जीरा, धुलो खुर्सानी, बेसर, मसला, हरियो धनियाँ, नुन स्वादअनुसार, तेल, पिसेको टमाटर, लसुनअदुवाको पेस्ट 

बनाउने विधि : एउटा प्यानमा तेल तताउने, तताएको तेलमा काटेको पनिरलाई गोल्डेन ब्राउन नहुन्जेल सक्ने वा तेलमा फ्राई गर्ने र अलगै अर्को प्लेटमा निकालेर राख्ने । त्यसपछि त्यहीँ प्यानमा अलिकति तेल तताइ, जीरा पड्काएर प्याज र लसुनअदूवाको पेस्टलाई फ्राई गर्नु पर्छ । त्यसमा बेसर, खुर्सानी, नुन तथा मसला सबै हालेर मज्जाले तेल ननिस्किएसम्म फ्राई गर्नु पर्छ । 

Related image

त्यसपछि, पिसेर राखेको ततामरलाई राखेर मज्जाले भुट्ने अनि उसिनेको मटर मिसेर अलिकति पानी राखेर छोप्नु पर्छ । अलिकति पानी सुकिसकेपछि अघि निकालेर राखेको पनिरलाई मिसाएर, दुई चम्चा क्रिम पनि हालेर २ देखि ३ मिनेटसम्म उमाल्नु पर्छ । अन्त्यमा यसलाई हरियो धनियाले सजाएर भात वा रोटीसँग सेवन गर्न सकिन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *