अवैध ढुंगा उत्खनन गर्ने तीन ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

कात्तिक २२, विराटनगर । अवैधरुपमा ढुंगा उत्खननमा संलग्न गरेको भन्दै प्रहरीले ३ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । 

मोरङको लेटाङ नगरपालिका ६ स्थित चिसाङ खोलामा को २ त २०१७, को २ त ६९०० र को ३ त ८६ नम्बरको ट्रयाक्टरले  अवैध रुपमा ढुङगा उत्खनन गरी लोड गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिएको उक्त ट्रयाक्टरका धनी, चालक र सहचालकलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय पठार्ईएको मोरङ प्रहरीले जानकारी दिएको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *