जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

कात्तिक १८, विराटनगर । मोरङमा ३१  वर्षीया युवतीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई  पक्राउ गरेको छ । बेलबारी नगरपालिका ७ बाहुनीका २२ वर्षीय सुरज बस्नेतलाई आईतबार जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।   

बस्नेतलाई पका्रउ गरी थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *