पञ्चाङ्ग र राशिफल: आज कस्तो होला तपाईको भाग्य ?

कात्तिक २४, काठमाडौँ । आइतबार। इ.स. २०१९ नोभेम्बर १०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष।
त्रयोदशी, १६:२० उप्रान्त चतुर्दशी। नक्षत्र– रेवती, १८:०७ बजेउप्रान्त अश्विनी। योग– वज्र, १२:२१ बजेउप्रान्त सिद्धि। करण– तैतिल, १६:२० बजेदेखि गर, २९:१० बजेउप्रान्त वणिज।
आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– मीन, १८:०७ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २७ घडी ८ पला। पञ्चक १८:०७ बजेसम्म। विष्णु–बैकुण्ठ चतुर्दशी व्रत। पाल्पाको दर्लमडाँडामा महाकाली भगवती रथयात्रा। डोटीमा केदार मेला। सर्वार्थसिद्धि योग १८:०७ बजेपछि।
null
तपाइको आजमेषआफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । चिन्ता बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
वृषइच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
मिथुनलगनशीलताले कामहरू अगाडी बढ्नेछन् । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
कर्कटप्रेम र मित्रताको बन्धन कसिने बेला छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।
सिंहप्रेममा मतभेद बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कन्यानयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
तुलाधार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
वृश्चिकआत्मिक सन्तुष्टि मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लाभदायक यात्रा रहला ।
धनुगरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक उल्झनमापरि काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।
मकरसामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पुनर्मिलनको योग रहेको छ ।
कुम्भइच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ ।
मीनआफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।








