दलित समुदायका पत्रकारहरुको प्रदेश ३ भेला सम्पन्न

मंसिर ८, काठमाडाैँ ।  राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ भेला सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय प्रदेश समिति र १५ सदस्यीय काठमाडौँ उपत्यका कमिटी गठन गरेको छ । 

गोरखापत्रका सिन्धुपाल्चोक संवाददाता चित्र मिजारको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा मकवानपुर, सचिवमा बसन्त परियार धादिगं, सहसचिव सरोज उपरकोटी चितवन, कोषाध्यक्षमा शर्मिला विश्वकर्मा काठमाडौँ चयन हुनुभएको छ ।   

त्यसस्तै सदस्यहरुमा भोजराज विश्वकर्मा, सिताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भिर बिक, संगम दर्जी, सुशिला बिक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन हुनुभएको छ ।   

संघको काठमाडौँ उपत्यका कमिटिमा राष्टिय समाचार समितिका पत्रकार सुशील दर्नालको अध्यक्षतामा १७ सदस्यीय समिटि चयन गरेको छ । उपाध्यक्षमा गणेश बि.क, सचिव सन्दिप विश्वकर्मा, सहसचिव निरोज तालागङी, कोषाध्यक्ष सुशीला विश्वकर्मा, सदस्य पवन वराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, विरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का, अलिन सुनाम परियार चयन भएका छन् ।   

भेलाको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिमराम जम्मकट्टेलले गरेका थिए । सो अवसरमा मन्त्री जम्कटेलले दलित समुदाय बारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।   

उनले भने “लामो सङघर्षबाट प्राप्त समानुपातिक, समावेशीताको विकल्प छैन सम्वृद्ध नेपाल निर्माणका लागि दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई आर्थिक र राजनीतिक सहभागितासँग जोडेर एकीकृत रुपमा समाधान खोजिनुपर्छ ।”   

राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष तथा संविधान सभाका सभासद् विनोद पहाडीले “दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ,  आफनो आवाज आफँले उठाउनुपर्छ, त्यसैले पनि सङ्घको आवश्यकता महसुस गरी स्थापना गरिएको हो तर यसले सबै संघसंस्थासँग एकाकार भएर काम गर्ने छ” भने ।   

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले दलित पत्रकार सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकाससँगै सञ्चार सम्वन्धी ऐन, कानून र नीतिलाई समावेशी बनाउनका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =