सांग्रिला डेभलपमेन्ट बैंकको १५ औ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

कात्तिक १७, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी गरेको छ ।   

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालयमा आई सम्पन्न भएको थियो । 

‘‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’’  भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।   

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटारमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

वार्षिक उत्सवकै अवसरमा आज विहान ८ बजे नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *