जनकपुरमा प्रधानमन्त्री ओली र मोदीको पुत्ला जलाइयो
२०७६ कार्तिक २४ गते

कार्तिक २४, काठमाडौं । भारतले नेपालको विवादास्पद कालापानी क्षेत्र आफ्नो नक्सामा समेटेको विरोधमा नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।
आइतबार जनकपुरको जनक चोकमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्त रुपमा ओली र मोदीको पुत्ला जलाएको हो ।
राजधानी काठमाडौंमा पनि यसैको भारतविरुद्ध दिनहुँ प्रदर्शन भइरहेको छ । आज प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२०७६ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित








