ललितपुरबाट प्रहरीलाई २ हजार घुस दिन खोज्ने दुई पक्राउ
२०७६ मंसिर ९ गते

मंसिर ९, काठमाडौँ । गएराती ललितपुरबाट प्रहरीलाई २ हजार घुस दिन खोज्ने दुई युवा पक्राउ परेका छन्
ललितपुर महानगरपालिका १२ लगनखेलमा प्रहरीलाई २ हजार रुपैयाँ घुस दिई आर्थिक प्रलोभनमा पारी सजायबाट बच्न खोज्ने ती दुई युवालाई प्रहरीले पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बा.८८ प. ६१२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन लाई पक्राउ गरिएको छ । चेकजाँचको क्रममा उनीहरुको साथबाट करिब ५० ग्राम अवैध लागूऔषध गाँजा फेला परेपछी घुस दिएर कुरा मिलाउन खोजेपछी पक्राउ गरिएको प्रहरीले जनाएको ।

प्रहरीका अनुसार हाल उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।
२०७६ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








