राष्ट्रिय चलचित्र महोत्सव कार्तिक २९ बाट धरानमा हुने

कार्तिक २५, धरान ।  प्रदेश नं १ सरकारको आयोजना तथा धरान उपमहानगरपालिका, स्विस बिकास नियोग र  सुनसरी  उधोग बाणिज्य संघ धरान  सहयोगीको रुपमा भुमिका खेल्दै राष्ट्रिय  चलचित्र महोत्सव धरानमा नै हुने भएको छ ।   

राष्ट्रिय चलचित्र महोत्सव २०७६ नाम दिईएको सो कार्यको तयारीमा अहिले एक नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय लागी परेका छन ।   

व्यवस्थापन को तयारी तिव्ररुपमा अगाडि बढेको छ सुनसरी  उधोग बाणिज्य संघ धरानको सभाहालमा आईतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मक कार्कीले सो कुरा जानकारी गराइएको हो ।   

हिमालयन एशोसियसनलाई व्यवस्थापनाको जिम्मा दिएको महोत्सवमा  धरानलाई प्रदेश नं. १ को चलचित्र नगरीका रूपमा विकास गर्ने उदेश्य समेत रहेको छ ।  महोत्सवमा चर्चित डकुमेण्ट्री चलचित्र सुनाकलीदेखि द लास्ट हनिहण्टर, मिरा राईको विषयमा निर्मित चलचित्रहरूसम्मको प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।   

यही कात्तिक २९ देखि मङ्सिर २ सम्म धरान सभागृहमा हुने महोत्सवको पहिलो दिन तीन चलचित्र प्रदर्शन गर्ने कार्यक्रम तय भएको हिमालय एशोसियसनका  प्रोजेक्ट कोअर्डिनटर राजेन्द्र रिमालले जानकारी दिए ।   

रिमाल का अनुसार पहिलो दिन बिट बियरले निर्देशन गरेको ५० मिनेटको स्वीस डकुमेण्ट्री स्वीस पशुपालक पहिलो दिन प्रदर्शन हुनेछ भने पहिलोदिन को दोस्रो शो मा  निर्देशक बेन नाइटको ३५ मिनेट लामो डकुमेण्ट्री ‘द लास्ट हनी हण्टर’ पनि पहिलो दिन प्रदर्शन हुनेछ ।   

धरान ८ स्थित सभागृहमा दर्जनौ चर्चित सिनेकलाकार,चलचित्रकर्मीको उपस्थिती रहने सदस्य सचिव अरुण प्रधानले जानकारी दिए । साथै उक्त महोत्सव भरी चलचित्र कर्मीहरुसग नेपाली चलचित्र र मोफसल संगको सम्बन्ध, प्रदेशमा नेपाली फिल्मको चुनैती बिषयमा छलफल  हुनेछ ।   

साथै सोही अवसरमा प्रदेश नं १ मा रहेर चलचित्र क्षेत्र र कला क्षेत्र लाई योगदान गर्ने १५ जना  कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको मन्त्री कार्कीले जानकारी दिनु दिए ।  महोत्सव सम्पन्न गर्नका लागी  प्रदेश १ का  माननीय मुख्यमन्त्री शेरधन राईको अध्यक्षतमा निर्देशक समिती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अध्यक्षतमा मुल आयोजक समिती  र प्रदेश सरकारका मुख्य सचिवको सुरेश अधिकारिको  संयोजकत्वमा व्यवस्थापना समिती रहेको छ  भने  महोत्सव कार्तिक २९ गते देखी मङ्सिर २ गते ४ दिन सम्म चल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =