१४ औं महानगरीय प्रहरी दिवसमा साँस्कतिक कार्यक्रम

कार्तिक २६, काठमाडाैँ ।  राजधानीको चन्द्रागिरिमा १४ औं महानगरीय प्रहरी दिवसको अवसर आयोजित विविध साँस्कतिक कार्यक्रम तथा नेपाल प्रहरी व्याण्डको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । 

हर प्रहर गाउँ र नगरी !  टोल टोलमा नेपाल प्रहरी !! भन्ने नारा लिएर शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि समुदाय( प्रहरी साझेदारी अभियान अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकोटको  संयोजनमा चन्द्रागिरि स्थित भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टर गुर्जुधारामा एक दिने नेपाल प्रहरी व्याण्ड कन्सर्ट तथा विविध साँस्कृतिक कार्यक्रम  भव्यताका साथ सम्पन्न भएको हो । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी)शैलेस थापा क्षेत्रीको प्रमुख आतिथ्यता तथा चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीको  सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 

समुदाय- प्रहरी पालिका समिति चन्द्रागिरि का नगर प्रमूख घनश्याम गिरीले केही महिना अघिदेखि शुरु भएको समुदाय- प्रहरी साझेदारी अभियान साह्रै नै लाभकारी रहेको बताउदै सुरक्षित र समुन्नत समाजको निर्माण आफ्नो चाहना भएकोले आफ्नो कार्यकालमा समाजमा कुनैपनि किसिमका अपराधिक क्रियाकलाप हुन नदिन सचेत रहने र नगरवासीलाई पनि सचेत हुन अनुरोध गरे ।  

कहि कतै शंकास्पद गतिविधि देखिएमा निडरताका साथ प्रहरीलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभयो । युवावस्थामा हुन सक्ने खराब संगतले नै लागुऔषध दुर्व्यसनीमा पर्ने र अपराधिक घटनाहरुमा वृद्धि हुने भएकोले आफ्ना बालबालिकाको पूर्ण निगरानी गर्नु पनि अभिभावकको दायित्व रहेको प्रष्ट पारे। 

कार्यक्रममा वोल्दै डिआइजी शैलेस थापा क्षेत्रीले समुन्नत समाज निमार्णमा सवै नागरिकहरु भुमिका अतुलनीय रहेको बताए । उनले अपराध मुत्त समाज निमार्णमा विद्यालय देखिनै जनचेतनाको विकासमा ध्यान केन्द्रित गर्नु पर्ने उनको भनाई छ । 

कार्यक्रममा डिआइजी थापाले शिक्षक, अभिभावक र अन्त्यमा विद्यार्थीहरुलाई सामाजिक अपराध र यसबाट बच्ने उपायको बारेमा बताए । शिक्षक र अभिभावकहरुले समयानुकूल आफुलाई परिष्कृत र परिमार्जन गर्न जरुरी रहेको बताउदै आफ्ना जीवनको अनुभव र सफलताका पाठहरु सुनाए । उनेले भने, “१०० मा आउँने मिस कलहरु पनि निकै सम्वेदनशिल हुर्ने हुदा हामीले त्यस्ता मिस कलहरुलाई समेतवाट घटना हुन नदिने अवस्था समेत सृजना गरेका छौं । ” 

कार्यक्रममा बाेल्दै महानगरीय प्रहरी वृत्त थानकोटका प्रमूख कुमार विक्रम थापाले नगरका हरेका गतिविधिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समुदाय प्रहरी मार्फत नागरिकलाई सचेतना बढाउदै गएको बताए । उनले पछिल्लो समय चन्दागिरिवाट हुने लागुऔषध तस्करी, चोरीडकैटी, सामाजिक अपराध, जुवातास हातहतियार, भन्सार छलीका वस्तुमा कडाई अवैध सुन तस्करी रोकथाम लगायत थुप्रै कार्यमा सफलता हातपारेको उनकाे भनाई छ । 

कार्यक्रममा विद्यार्थीहरुले कार्यक्रम अत्यन्तै उत्कृष्ट रहेको र आजको कार्यक्रमले धेरै कुरा सिक्न र बुझ्न पाएकोले खुशी व्यक्त गरेका थिए।   

कार्यक्रममा विद्यालयका विद्यार्थीले स्वागत नृत्य र मनोरञ्जनात्मक नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । नेपाल प्रहरीको व्याण्डले दिन भर जस्तो साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । लायन कल्व अफ काठमाण्डौं चन्द्रागिरि र थानकोट जेसिजले कार्यक्रममा निशुल्क खानीपानी वितरण गरेको थियो । 

समुदाय-प्रहरी साझेदारी पालिका समिति र चन्द्रागिरी नगरपालिकाको आयोजना र महानगरीय प्रहरी वृत्त थानकोटको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, चन्द्रागिरी नगरपालिकाका उपमयेर लिशा नकर्मी चन्द्रागिरी नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु, स्थानीय समाजसेवी, संचारकर्मी लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =