१५ जना न्यायाधीशको नाम सिफारिसः आठ जनाको सरुवा (नामावली सहित)
२०७६ मंसिर ४ गते

मसिर ४, काठमाडौँ । बुधबार बसेको न्याय परिषदको बैठकले उच्च अदालमा रिक्त रहेका १५ जना न्यायाधीशकाे नाम सिफारिस गर्नुको साथै आठ जनाको सरुवा गरेको छ।
आज दिउँसो बसेको उक्त बैठकले जिल्ला अदालतका न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयबाट एकजना र कानुन व्यवसायीबाट आठ जनाको नाम सिफारिस गरिएकाे हो

सो बैठकमा परिषदले मंसिरभित्रै रिक्त हुने पदहरुमा समेत अहिले पनि न्यायाधीश सिफारिस गरेको छ।
उच्च अदालतको न्यायाधीशको लागि परिषदले जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नरिश्वर भण्डारीलाई सिफारिस गरेको हो ।
यस प्रकार छन् सिफारिस गरिएको नामावली
२०७६ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








