आज सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो
२०७६ मंसिर ११ गते

मंसिर ११, काठमाडौँ । बुधार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
मंगलबार प्रतितोला प्रतितोला ७१ हजार २ सयमा कारोबार भईरहेको छापावाल सुन आज पनी सोही मूल्यमा कारोबार भाईरहेको महासंले जनाएको छ । त्यसैगरी मंगलबार प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको तेजाबी सुन पनि आज सोही मूल्य यथावत् रहेको रहेको छ ।
बुधबार चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँ बृद्धी भएर प्रतितोला ८ सय ५५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

२०७६ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








