सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

कार्तिक १७, काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे नजिकै बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।   

दोलखाको मागा देउरालीबाट आउँदै गरेको बा२ख ७२७५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।   

यतिबेला प्रहरी घटनास्थल पुगिसकेको छ । घाइते १५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाँकी यात्रुको प्रहरीले खोजी गरिरहेको छ ।   

बसमा कति यात्री थिए भन्ने विवरण आएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *