सडक जामको सास्ती कहिलेसम्म ? ८ किलोमिटर पार गर्न २ घण्टा

मंसिर ९, काठमाडौँ । डल्लुबाट पुल्चोकस्थित कार्यालय जान बिहान ९ बजे बस चढेका विवेक रेग्मीलाई १० बजे कार्यालय पुग्न धौधौ पर्छ । कहिलेकाहीँ डेढ घण्टासम्मको समय लाग्ने गरेको उनको अनुभव छ । ‘जामले तीन किलोमिटरको दूरीमा रहेको कार्यालय पुग्न पनि डेढ घण्टासम्म लाग्छ,’ रेग्मीले भने । यसबीचमा टेकु, त्रिपुरेश्वर र थापाथलीको जामले यो रुट भई यात्रा गर्ने यात्रु सधैँ सास्तीमा पर्ने गरेका छन् । 

सोह्रखुट्टेदेखि पेप्सिकोला कार्यालय आउजाउ गर्ने प्रकृति अधिकारीलाई पनि सधैँ जामको समस्याले पिरोल्छ । झन्डै आठ किलोमिटर सडक पार गर्न उनलाई दुई घण्टा बढी समय लाग्छ । यस क्रममा सोह्रखुट्टे, लैनचौर, केशरमहल, जमल, सिंहदरबार, माइतीघर, बानेश्वर, कोटेश्वरलगायतका स्थानमा हुने जाम छिचोलेर कार्यालय पुग्नु उनको दैनिकी बनेको छ । 

‘दैनिक चार घन्टा बढी समय सडकका लागि छुट्याउनुर्छ,’ उनले भनिन् । यस क्रममा कोचाकोच सवारीमा धुलोधुवाँले भरिपूर्ण सडकमा भोग्नुपर्ने सास्ती पनि उस्तै रहेको उनको भनाइ छ । काठमाडौं उपत्यकामा धेरैजसो यात्रुले दैनिकजसो बिहान ९ देखि ११ र दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्मको समयमा यस्तै जामको सास्ती खेप्नुपर्ने अवस्था छ । 

null

महानगरीय ट्राफिक महाशाखा यो समयमा धेरै सवारीसाधन एकसाथ सडकमा निस्कने हुँदा जामको समस्या आउने गरेको बताउँछ । स्थलगत रिपोर्टिङका क्रममा उपत्यकाको कोटेश्वर, चावहिल, जमल, सोह्रखुट्टे, गौशाला, माइतीघर, थापाथली, टेकु, कलंकीलगायतका स्थानमा अत्यधिक जाम हुने गरेको पाइएको छ । 

उपत्यकाका अधिकांश सडकमा ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा उस्तै समस्या परेको देखिन्छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *