महोत्तरीमा ८५ वर्षिय बृद्धले उत्साहित हुँदै गरे मतदान
२०७६ मंसिर १४ गते

मंसिर १४, महोत्तरी । महोत्तरीको पिपरामा एक ८५ वर्षिय बृद्धले मतदान गरेका छन् । पिपरा गाउँपालिका अध्यक्षका लागि भइरहेको मतदानमा ८५ वर्षिय राजेन्द्र यादवले मतदान गरे । उनीसँगै उक्त क्षेत्रमा धेरै बृद्धबृद्धाहरु लठ्ठी टेकेर मतदान गर्न आएका छन् ।
पिपरा–६ स्थित आदर्श मावि मतदानस्थलमा ८५ वर्षका राजेन्द्र यादवले यो उमेरमा आएर पनि जनप्रतिनिधि चुन्न पाउँदा खुसी लागेको बताए ।
अपरान्ह ११ बजेसम्म यहाँ शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतले बताएका छन् ।

महोत्तरीको पिपरामा राष्ट्रिय जनता पार्टी, नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र सिके राउतको जनमत पार्टीका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
यसअघि राजपाबाट विजयी गाउँपालिका अध्यक्षको निधन भएकाले उपचुनाव भइरहेको हो ।
२०७६ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








