साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खल्ने

मंसिर १३ काठमाडौँ । नेपाल प्रहरीबाट १३ औँ  दक्षिण एशियाली खेलकूद ९साग०मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो ।   

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले १९ खेलमा सहभागिता जनाउने जानकारी दिए । प्रहरीले पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा सहभागिता जनाउने छ । 

यस्तै, टेबलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुस्ती  र महिला बास्केटबलमा पनि सहभागिता रहने प्रवक्ता पोखरेलले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =