१७ वर्षपछि पक्राउ परे दुई हत्यारा

कार्तिक २५, काठमाडौं । प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् ।   

विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 

Image result for पक्राउ

घटनापछि गोम वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटस् (युएई) मा तीन वर्ष बसी फर्केका व्यक्ति हुन् । पछिल्लो समय उनी काठमाडौँमा आएर कृषि फार्म तथा घर जग्गाको व्यवसाय गर्दै आएका थिए । यस्तै सुक कतार तथा मलेसियामा ६ वर्ष बसेर मूलपानीमा होटल सञ्चालन गरी लुकीछिपी बस्दै आएको ब्यूरोले जनाएको छ । 

ब्यूरोको महारागजञ्जबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाबाट आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =