सत्य निरुपण र बेपत्ता आयोगमा आज पदाधिकारी सिफारिस हुँदै

मंसिर ८, काठमाडौ । आईतबार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पदाधिकारीहरुको नाम सिफारिस हुँदैछ ।
गत वैशाखमा पूर्वप्रधानन्यायाधीश ओमप्रका मिश्रको संयोजकत्वमा गठित पाँच सदस्य समितिले राजनीतिक दलले गरेको गत साता सार्वजनिक गरिएको नामहरु नै सिफारिस हुने भएको छ ।
सिफारिस समितिका अनुसार सत्तारुढ नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार नै नाम सिफारिस गर्न लागिएपछी आज दिउँसो १ बजे कानून मन्त्रालयमा नामहरु सिफारिस गर्न बैठक डाकिएको छ ।

बेपत्ता आयोगमा पुरानै पदाधिकारीलाई दोहोर्याउने सहमतिअनुसार अध्यक्षमा लोकेन्द्र मल्लिक सदस्यहरुमा विष्णु पाठक, विजुल विश्वकर्मा, रकुमारी गुरुङ, र आइबहादुर गुरुङकै नाम सिफारिस गरिने बताईएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा प्राध्यापक गणेश दत्त भट्ट ल्याउने सहमति भएको यसअघि नै सार्वजनिक भइसकेको छ। आयोगमा पूर्व आयुक्तहरु माधवी भट्ट, श्रीकृष्ण सुवेदी र मञ्चला झा दोहोर्याउने र गंगाधर अधिकारी नयाँ सदस्यका रुपमा ल्याउने तयारी छ।








