लागू औषधसहित तीन पक्राउ
२०७६ कार्तिक २५ गते

कार्तिक २५, जनकपुरधाम । प्रहरी चौकी कचनारी सिरहाबाट खटेको गस्ती टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं १ कचनारीबाट उक्त गस्ती टोलीले एक भारतीय सहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मोरङ्ग जिल्लाको शिक्ला जुंग गाउँपालिका वडा नं. ७ बस्ने १८ वर्षीय रोशन खडका, ३० वर्षिय गोबिन्द नेपाल र भारत विहार मधुबनी थाना लौका अञ्चल खुटौना फूलपरा धर्मौनाका का १८ वर्षिय मोहमद रियाजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नाईट्रोभेट १४ पता, स्पास्मो ५ पता र गाँजा १० ग्राम फेला पारिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।
हाल पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








