प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ गम्भिर घाइते
२०७६ कार्तिक २८ गते

फाइल फाेटाे
कार्तिक २८, प्युठान । बिहिबार बिहान प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।
भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जादैँ गरको ग १ च ५२४९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु तीन जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिप सडकबाट ३ सय मिटर तल खसेर उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ भने घाइतेहरुलाई थप उपचारको लागी भैरहवा ल्याउदै छ ।
घटनाबारे अनुसन्धान भईरहेको छ । घटनाको बिस्कृत बिवरण आउन बाँकी नै रहेकाे छ ।
२०७६ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








