बग्दादमा बम विस्फोटन हुँदा ६ को मृत्यु

मंसिर १२, बग्दाद । इराकको राजधानी बग्दादमा तीनओटा बम विस्फोटन हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  इराकी गृहमन्त्रालयका अनुसार मङ्गलबार बेलुका भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन् । 

‘हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्,’ एक प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने ।  बग्दादमा मङ्गबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो । सो ठाउँ बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्दछ । 

अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ । जहाँ चार जना घाइते भएका थिए ।  तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो । राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप चार जना घाइते भएका थिए ।   

विस्फोटनको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तर यस क्षेत्रमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले यसअघि धेरै हिंसात्मक घटना गराएकाले यो घटनामा पनि उनीहरुकै संलग्नता रहेको हुन सक्ने कतिपयको आशंका छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =