भारु २ करोड मूल्य बराबरको सुन बरामद, दुई जना पक्राउ
२०७६ मंसिर ८ गते

मंसिर ८, काठमाडौं । दार्जिलिङको सिलगढीबाट ५ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) का अधिकारीहरुले सिलगढीबाट भारु २ करोड मूल्य बराबरको सुनसहित शनिबार ५० वर्षीय बाबु र २९ वर्षीय छोरा पक्राउ गरेका हुन् ।
उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरू भुटान सीमा नजिक डुवर्सको जयगाउँ निवासी रहेको बताइएको छ ।

आज (आइतबार) दुवैलाई अदालत उपस्थित गराइएको थियो। थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा पठाइएकाे छ ।
२०७६ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








