अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल भर्ना

कात्तिक २३, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गरेका डा.केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । 

डा.केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जीतेन्द्र कँडेलले जानकारी दिए ।   

चिसोका कारण डा.केसीको स्वास्थ्यमा समस्या देखिएको उहाँका भाइ किशोरले बताउनुभयो । डा.केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा.केसीले कात्तिक १८ गतेदेखि अनशन थालेका हुन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *