सुकुटे बस दुर्घटनाः शैलुङ गाउँपालिलकाले दियो सार्वजनिक बिदा

कार्तिक १८, दोलखा । दोलखा शैलुङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।   

सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटनामा परी मृत्यु हुनेको शोकमा आज शैलुङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए ।   

गाउँपालिका अध्यक्ष दुलालले शोक विज्ञप्ति जारी गर्दै शोकको घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक दिने जानकारी गराएका हुन् ।   

‘यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको छ। शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन्’, विज्ञप्तिमा भनिएको छ ।   

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेनजिकै सुनकोशी नदीमा खस्दा १८ जनाको मृत्यु भएको थियो ।   

मृत्यु भएका १८ जनामध्ये दोलखा जिल्लाका १५ जना परेका छन्, जसमा शैलुङ गाउँपालिकाका मात्र १४ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *