आज कात्तिक १५ गते शुक्रबारः पञ्चाङ्ग र तपाईँको राशिफल यस्तो छ

कात्तिक १५, काठमाडौँ । आज मिति २०७६ साल कात्तिक १५ गते शुक्रबार, तदनुसार नोभेम्बर महिनाको १ तारिख सन् २०१९ ।  इ.स. २०१९ नोभेम्बर १। शकसंवत् १९४१। 

परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। पञ्चमी, २८:१० उप्रान्त षष्ठी। नक्षत्र– मूल, २५:५७ बजेउप्रान्त पूर्वाषाढा। योग– अतिगण्ड, १२:४२ बजेउप्रान्त सुकर्मा। करण– वव, १६:१३ बजेदेखि वालव, २८:१० बजेउप्रान्त कौलव।  

आनन्दादिमा स्थिर योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:१५ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २७ घडी ९ पला। 

null

आजको राशिफल 

मेष 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । 

मिथुन 

का, कि, कु, घ, ङ, छ, के, को, हा 

मनमा सङ्का उत्पन्न हुनेछ । सामान हराउन सक्नेछ । मनमा दुविधा उत्पन्न होला । आर्थिक कारोवारमा मन्दी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । 

सिंह 

मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

प्रेमीको सहयोग प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमापनि रुची बढ्नेछ । 

तुला 

रा, रि, रु, रे, रो, ता, ति, तु, ते 

झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । साँझमा केही लाभमूलक कामपनि हुनेछन् । 

धनु 

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे 

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । 

कुम्भ 

गु, गे, गो, सा, सि, सु, से, सो, दा 

अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुनेपनि योग छ । 

बृष 

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो 

  

नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । 

कर्कट 

हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवनपनि सुखमय हुनेछ । 

कन्या 

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो 

रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योगछ । राज्यबाट मान सम्मान पाइनेछ । 

बृश्चिक 

तो, ना, नि, नु, ने, नो, या, यि, यु 

शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । 

मकर 

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि 

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । 

मीन 

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि 

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । बहुमुल्य वस्तु हात पर्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =