प्रधानमन्त्रीद्वारा सिंहदरबारबाटै स्विच अन गरेर माथिल्लो त्रिशूली थ्री-एको उदघाटन

मंसिर २, काठमाडौँ । सोमबार  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरिएको छ ।   

प्रधानमन्त्री ओलीले  सिंहदरबारमा रहेको आफ्नो कार्यालयको एक्सन रुमको स्विच अन गरेर  रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजना उद्घाटन गरेका हुन् ।   

प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेमा एकैचोटी उदघाटन गरेका हुन् ।  आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युत आयोजना निर्माण कार्यमा संलग्न सबैप्रति आभार प्रकट समेत गरेका छन् ।   

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु गरिएकाे थियाे । आज उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गरिएकाे छ। 

नेपाल विद्युत प्राधिकरणका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेको सो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।   

उद्घाटन गरिएको आयोजनाले देशभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान दिने बतार्ईएको छ । यसबाट कुलेखानी जलाशयको पानी वचत गर्न र आयातीत विद्युत्को परिमाण घटाउन सहयोग पुग्ने छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =