सुनसरीमा नेकपाको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागी ५१ सदस्यीय समिती गठन

कार्तिक २२, धरान । देशैभरीका ३४ जिल्लामा यही मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेकाे हाे ।  

उपनिर्वाचन नजिकिएसँगै प्रचारप्रसारमा विभिन्न जिल्लामा विभिन्न राजनीतिक दलहरुको सक्रियता बढेको छ ।  सुनसरीको धरानमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईसहित पार्टीका नेता तथा कार्यकर्ताले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडी बढाएका छन् ।   

धरानमा पार्टीको प्रचार प्रसारलाई झन् बलियो बनाउन शुक्रबार पार्टी संगठन सम्बद्ध पत्रकाहरुको ५१ सदस्यीय धरान उपमहानगर निर्वाचन परिचालन प्रचार प्रसार तथा प्रकाशन उपसमिति समेत गठन गरिएको छ ।   

जसको नेतृत्व पत्रकार भिम राई ज्वालाले गरेका छन् भने सह संयोजकमा किशोर कुमार कार्की, जनकऋषि राई, श्रीशिशा राई रहेका छन् ।   

त्यस्तै सदस्यहरुमा उपेन्द्र चाम्लिङ, रोहित राई, सन्तोष काफ्ले, भोजराज श्रेष्ठ, रत्न आचार्य, विकास चाम्लिङ, रणध्वज लोहार, दिनेश गजमेर, योगेशवावु काफ्ले, धिरेन लिम्बु, शिशिर राई, गोविन्द बस्नेत, तारा लामगादे, भरतराज शर्मा (गोपाल), नवराज विष्ट, सुजन खत्री, देविका चाम्लिङ राई, शौरभ श्रेष्ठ केदार बस्नेत, रोशन दाहाल, दामोदर गुरागाईँ रहेका छन् ।   

मौशमी कार्की, बसन्त राई, ललित राई, विक्की श्रेष्ठ, अनिता रसाईली, गणेश तिमल्सिना, खिलानाथ विश्वकर्मा, रश्मी प्रधान, तीर्थ कार्की, धनकुमार राई (मिलन) दिलबहादुर राई, सविना राई, विनोद दर्नाल, रामकृष्ण खड्का, सोहन श्रेष्ठ, रमेश राई, हिन्दुहाग राई, करिस्मा तामाग, मणी राई, रुद्र श्रेष्ठ, सदस्य भोला श्रेष्ठ र दुर्गा भुजेल पनि सदस्य रहेका छन् ।   

त्यस्तैगरी प्रचार प्रसार तथा प्रकाशन अनुगमन कमिटीको संयोजकमा किशोर कार्की रहेका छन् । सदस्यहरुमा देवेन्द्र कार्की, गंगा बराल, निलिफा सुव्वा, आनन्द श्रेष्ठ, राजेश विद्रोही, प्रदिप मेयांग्वो, किशोर थुलुङ, गिरीराज अधिकारी र सागर भट्टराई रहेका छन् ।   

नेकपा पार्टी जिल्ला सचिव तथा निर्वाचन परिचालन समिती संयोजक रमेश बस्नेतको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा अबको दिनमा नेकपाका उम्मेदवारलाई अत्याधिक बहुमतले कसरी विजय हासिल गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।   

बस्नेतले नेकपा धरान ५ नम्बर वडाको घरदैलो कार्यक्रममा जुटिसकेको जानकारी गराउँदै त्यहाँका वडाबासीहरूको उत्साह जनक सहभागीता र सहयोग मिलेको जानकारी गराए । नेकपाले अत्याधिक बहुमत ल्याउने उनको दाबी छ ।   

यसैबीच धरान उपमहानगपालिकाका नेकपाका तर्फबाट उम्मेदवार प्रकाश राईले धरानको वडा नं ५ बाट चुनावी अभियान थालेको र यस वडा कृषिसँग सम्बन्धित भएकोले स्थानीयहरूका लागि कुलो, तटबन्धन र बजार सँग जोडिने पुलको निर्माण लगायतको परीयोजना ल्याउनेमा आशावादी रहेको बताए । 

मेयरमा निर्वाचित भइसकेपछि ५ नम्बर वडालाई कृषि क्षेत्रको रूपमा विकास गर्ने र एग्रो टुरीजमको अवधारणा अनुसार कार्य अगाडि बढाउने उनले बताए । 

यसैबीच नेकपाको धरान ५ को प्रचार प्रसार कार्यालय देउरालीमा स्थापना गरीएको छ भने उम्मेदवार राईले माथिल्लो र तल्लो देउराली, खैरेनी, ठिङ्गाबारी, साउनेटार लगायतको क्षेत्रमा पुगी हरेक व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै आफना पार्टीलाई भोट दिन आग्रह गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *