तनहुँमा करेन्ट लागेर दुईकाे मृत्यु

कार्तिक २८, दमौली । करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा बिहीबार दुई जनाको मृत्यु भएको छ । 

निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । दुवैको शव दमौली अस्पतालमा राखिएको छ । रासस 

Image result for तनहुँमा करेन्ट लागेर दुईको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =