मारवाडी किड्सका फाइनलिस्टले देखाए प्रतिभा

मंसिर ९, विराटनगर । प्रथम फेस अफ मारवाडी किड्सको फाइनलमा पुगेका ४५ जना प्रतियोगीहरूले प्रतिभा देखाएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा शनिबार भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगीहरूले प्रतिभा प्रस्तुत गरेका हुन् ।
मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्विसेसको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको फाइनलमा धरान, विराटनगर र इटहरीबाट सहभागी हुने छन् ।
ट्यालेन्ट शोका निर्णायकहरूमा मोडल नवनीत प्रधान, मिस कोशी २०१६ की विजेता निरुता नेपाल र युवा नेता अमलेश कर्ण रहेका थिए । फाइनल पुगेका प्रतियोगीहरूलाई प्रशिक्षण मारवाडी युवा मञ्चका उपाध्यक्ष तथा कोर्डिनेटर जय शर्माले गर्दै आएका छन् ।

फाइनल पुगेका ४ देखि १४ वर्षका बालवालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले बताए । मारवाडी बालबालिकाहरूमा भएको प्रतिभा उजागर गर्न र उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अग्रवालको भनाई छ ।
‘विराटनगरमा लामो समयपछि फेस अफ मारवडी किड्स जस्तो भव्य कार्यक्रम हुन लागेको हो ।’ अग्रवालले भने । मारवाडी युवा मञ्चले मारवाडी बालबालिकाको क्षमता अभिवृद्धी गर्न स्थानिय स्तरमा प्रतियोगिता गरेको फेस अफ मारवाडी किड्सका म्यानेजिङ डाइरेक्टर रेखा मोदी मित्रुकाले बताइन् ।








