जापानीज फाईटरलाई हराउँदै अविरले कोरे अर्को इतिहास
२०७६ कार्तिक १८ गते

कात्तिक १८, काठमाडौँ । नेपालका खेलाडी एवं हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइतबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कायम गरेका हुन् ।
उनले २८ वर्षीय जापानिज खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका हुन् । काठमाडौँका चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई २ मिनेट ३० सेकेण्डमा नै पराजित गरेका थिए ।
अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको पुत्र हुन । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग १२ वटा भिडन्तमा ११ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो ।
![]()
२०७६ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








