नेपाल बनाउन नेपाली आफैले सोच्नुपर्नेः उद्योगमन्त्री

कार्तिक २०, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशमा अझै केही वर्ष व्यापार घाटामा जाने बताएका छन् ।   

उनले काठमाडौँमा आयोजित एक कार्यक्रममा बाल्ने क्रममा  पूँजी र सीपको प्रयोग गरेर उत्पादनमा नलागेसम्म देशकाे व्यापार घाटामा जाने बताएका हुन् । 

राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको मन्त्री यादवले दावी गरे । उनले त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् । 

देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा आलटाल भईरहेको बताउँदै नेपाल बनाउन नेपाली आफैले सोच्नुपर्ने बताए । उनले भने ‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने, ‘सहकार्य गर्नतिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ ।’   

उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिने तर बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गर्नेतर्फ दिनुपर्ने पनि बताएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *