चार लाख ऋण लिँदा एक करोडको तमसुक बनाउने श्याम जेलमा, गाउँले अझै त्रासमा, तरकारीको मूल्य तीन गुणा बढ्यो, सेवाग्राहीलाई सास्ती, विचौलियालाई मस्ती

कात्तिक २९, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुले आज फरकफरक विषयमा समाचार बनाएका छन् ।   

आजको नयाँ पत्रिका दैनिकले सर्लाहीको एक व्यक्तिले गाउँलेलाई ऋण दिएर फरकफरक तमसुक बनाई उठिबास लगाएको विषयको समाचारलाई प्रमुख समाचार बनाएर फ्रन्ट पेजमा छापेको छ । नयाँ पत्रिकाका अनुसार एक पटक ऋण लिँदा सातपटकसम्म तमसुक र चार लाख ऋण लिँदा एक करोडसम्मको तमसुक बनाएर दुई सय ९९ जना गाउँलेको उठिबास लगाउन खोजेका श्याम परदेशी जेलमा छन् तर पुनरावेदन अदालतबाट छुट्लान र दुःख देलान भनेर गाउँले अहिले पनि त्रसित छन् । 

 नयाँ पत्रिकाले स्थलगत फलोअप गरी तयार गरेको समाचार श्याम परदेशी जेलमा, गाउँले अझै त्रासमा शीर्षकमा साचार छापेको छ ।   

त्यस्तै आजको गोरखापत्र दैनिकले बजारमा तरकारीको मूल्य बढेको विषयलाई मुख्य समाचार बनाई धान्नै गाह्रो भान्सा, सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो शीर्षकमा फ्रन्ट पेजमा छापेको छ ।   

आजको गोरखापत्र दैनिकले यातायात व्यवस्था विभागको समाचारलाई सेवाग्रहीलाई सास्ती, विचौलियालाई मस्ती शीर्षकमा समाचार छापेको छ । भने कान्तिपुर दैनिकले ६० वर्षमा अवकाश, सरकारको विरोध गरे पेन्सन खारेज शीर्षकमा समाचार छापेको छ । अन्य पत्रपत्रिकाले फ्रन्ट पेजमा छापेको समाचार यस्तो छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *