रातारात हिट भएकी रानू जब र्याम्प वक गरिन् उनकाे मेकअप देखेर सबै चकितः बनिन् ट्राेलकाे शिकार
२०७६ मंसिर २ गते

मंसिर २, भारत । रेलवे स्टेसनमा गीत गाएर गुजारा गर्ने रानू मण्डलको एउटा भिडियो भाइरल भएपछि उनी रातारात सुपरस्टार बनेकी थिइन् । रानू मण्डलको अर्को एउटा गीत ‘आशिकी मे तेरी’ गीत रिलिज भयो, जसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
हालै, रानू मण्डल एक कार्यक्रमका लागि श्रृङ्गार पटार गरेर पार्टीमा पुगिन् । त्यतिबेला उनले र्याम्प वक पनि गरिन् । रानू मण्डललाई देखेर त्यहाँ उपस्थित जो कोही पनि चकित परे । तर अब रानू मण्डलले आफ्नो मेकअप र स्टाइलका लागि ट्रोलरको सामना गर्नुपरेको छ । वास्तवमा सोशल मिडिया सेन्सेशनलाई लिएर अब इन्टरनेटमाथि मीम बनिरहेको छ र मानिसहरुले उनको मेकअपको पनि खिल्ली उडाइरहेका छन् । एजेन्सी
२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








