सरकारलाई काँग्रेसको २१ बुँदे सूचीको प्रहार

मंसिर ३, काठमाडौँ । मंगलबार नेपाली काँग्रेसले चर्को आलोचना गर्दै सरकारका असफलताका २१ बुँदे सूची सार्वजनिक गरेको छ।
केपी ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पुग्दा पनि सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमा सूची सार्वजनिक गरि आलोचना गरेका हुन् ।
उपनिर्वाचन आउन करिब दुई हप्ता मात्र बाँकी रहँदा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी एक युवासमूह मार्फत् एक पुस्तिका सार्वजनिक गरी सरकार असफलताका बुँदागत रुपमा आलोचना गरेका हुन् ।

उक्त सार्वजनिक गरिएको बुँदाहरुको संक्षेप पेश गर्दै शर्माले सरकार भारतसँगको सीमा विवादलाई उच्चस्तरीय कुटनीतिक वार्तामार्फत् जुन कुशलताका साथ समाधान गर्नुपथ्र्यो त्यसो गर्न नसकेको, वाइडवडी खरिद प्रक्रिया लगायतका विभिन्न भ्रष्टाचार कान्डमा मुछिएको, बुढिगन्डकीजस्ता ठूला परियोजनालाई अल्पत्र पारेको, अन्तिम चरणमा रहेको मेलम्ची परियोजनालाई थप अन्यौलपूर्ण बनाएको, गोविन्द केसीले उठाएका गम्भिर मुद्दालाई सम्बोधन नगरेको जस्ता कुराहरुको सरकारलाई आरोप लगाएका छन् ।
त्यसैगरी निजगढ विमानस्थल अन्योलमा रहेको, चिकित्सा शास्त्रका विद्यार्थी टगी गर्नेलाई कारबाही गर्न नसकेको, प्रेसमाथि नियन्त्रण गरेको, धर्मका विषयमा विवादास्पद काम गरेको, सरकारको अभिव्यक्ति नै असहिष्णु रहेको शर्माले दावी गरे ।
शर्माले नेपाली कांग्रेसलाई अब युवामय बनाउने उदेश्यका साथ युवाहरु मार्फत् निर्वाचनसम्बन्धी पुस्तिका सार्वजनिक गरेकाे जानकारी दिएका छन्








