तारा सुतारियालाई करियरको चिन्ता

कात्तिक २९, काठमाडौं । स्टुडेन्ट अफ दि इयर २ बाट बलिउडमा डेब्यु गरेकी तारा सुतारियालाई बलिउडमा पहिलो फिल्मले नोटिस त गर्यो तर, फिल्म खासै जम्न सकेन । अहिले भने तारा सिद्धार्थ मल्होत्रासँग आजबाट प्रर्दशनमा आउन लागेको मरजाँवामा देखिएकी छिन् ।   

तारालाई बलिउडमा स्थापित बनाउन एक्सन र रोमान्टिकताले भरिपूर्ण मरजाँवाले ठूलै राहत दिने बताइएको छ । मसालेदार एक्शन र डायलगले भरिपूर्ण मरजाँवामा सिदार्थसँगै रितेश देशमुख समेत छन् ।  यस फिल्मले वक्स अफिसमा राम्रै रेकर्ड बनाउने अपेक्षा गरिएपनि तारालाइ करियर प्रति चिन्ता बढेकाे छ ।  

२३ वर्षिय ताराले यस अघि इन्टरटेनमेन्टके लिए कुछ भि करेगा, ओए जस्सी जस्ता टेलिभिजन प्रोग्राममा पनि सहभागिता जनाइसकेकि छिन् । ताराको २०२० मा तडपमा आउने छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *