नेपालमा आयो सुजुकी एस–प्रेसो, यस्ता छन् विषेशता

मंसिर १, काठमाडौं । सुजुकीको बहुप्रतीक्षित कार एस–प्रेसो आज नेपालभरका लञ्च भएको छ । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नेपालभरका डिलरहरुमा आज सो कार सार्वजनिक गरेको हो ।
यसको प्रि–बुकिङ पहिले नै खुलिसकेको छ । दुई साताको अवधिमा एक सय भन्दा बढी कार बुकिङ भएको र पहिलो एक सय जना ग्राहकलाई सम्पूर्ण एसेसरिजहरु निःशुल्क उपलब्ध गराइएको छ ।
१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको एस–प्रेसो नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत बिक्री–वितरण हुनेछ । सुजुकीले एस–प्रेसोमा बेस्ट इन क्लास फिचरहरु समेत लोड गरेको बताएको छ ।

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले एस–प्रेसोमार्फत ग्राहकका लागि बेस्ट भ्यालु प्राइसमा बेस्ट इन डिजाइन, टेक्नोलोजी र सेफ्टी उपलब्ध गराउन प्रतिवद्ध भएको तथ्यलाई प्रमाणित गरेको र आगामी दिनमा यसले नेपाली बजारमा नयाँ उत्साह थप्ने बताए ।
सुजुकी एस–प्रेसोमा ९९८ सीसीको बीएस ६ इन्जिन छ, जसले ५५०० आरपीएममा ५० किलोवाटको पावर र ३५०० आरपीएममा ९० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल ट्रान्समिसन छ ।
सुजुकी एस–प्रेसो विभिन्न चार भेरिएन्टमा उपलब्ध छ । स्ट्यान्डर्डको मूल्य २२ लाख ९९ हजार, एलएक्सआईको मूल्य २३ लाख ९९ हजार, भीएक्सआईको मूल्य २४ लाख ९९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
कारमा एसी सहितको हिटर, पावर स्टेयरिङ, एसेसरी सकेट, फ्रन्ट कन्सोल युटिलिटी स्पेस, रिमोट किलेस इन्ट्री, रियर पार्सल ट्रे, फ्रन्ट पावर विन्डो, टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो रहेको छ । यस्तैगरी यूएसबी कनेक्टिभिटी, एयूएक्स, स्टेयरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।
सेफ्टी फिचर सुरक्षाका लागि यसमा हर्टेक्ट प्लेटफर्म, एयरब्याग, एबीएस, ईबीडी, सिट बेल्ट रिमाइन्डर, रिभर्स पार्किङ सेन्सर, स्पिड अलर्ट सिष्टम, क्र्यास कम्प्लाइन्स, इम्मोबिलाइजर, चाइल्ड प्रुफ रियर डोरलक, प्यासेन्जर साइड एयरब्याग, लो फ्युल वार्निङ, सिटबेल्ट प्रि–टेन्सनर एन्ड फोर्स लिमिटर, डोर अजर वार्निङ र पार्किङ ब्रेक वार्निङ जस्ता फिचर उपलब्ध छन् ।








