माइतीघरकाे नारा ‘प्रम ज्यू नुन जनताको काम माफियाको ?’

कात्तिक २३, काठमाडौं । चिकित्सा शिक्षाको सुधारको माग गर्दै डडेलधुराको अजयमेरुमा अनसन बसेका डा. गोविन्द केसीको ज्यान सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रर्दशनकारीले सरकार विरुद्ध चर्का नारा लगाएका छन् ।   

शनिबार विहान सोलिडारिटी फर डा. केसी अलायन्सको आह्वानमा भएको प्रर्दशनमा सहभागीहरुले ओली सरकार माफियाहरुको चंगुलमा फसेको भन्दै सरकार विरुद्ध चर्का नारा लगाए ।   

प्रर्दशनकारीले माइतीघरमा ‘कर जनताको, भोट जनताको, काम माफियाको ?’, ‘अर्ब ठग्ने अन्सारी, संरक्षण सरकारी’, ‘जनताको नौलो मार्सिवाद अन्सारिपथ’, ‘प्रम ज्यु नुन जनताको काम माफियाको’ लगायत नारा लगाएका छन् ।   

डा. जिवन क्षेत्रीको अगुवाईमा भएको प्रर्दशनमा मेडिकल शिक्षाका विद्यार्थी, नागरिक समाजका अगुवा, विवेकशील दल लगायत डा. केसीका समर्थकहरुको उपस्थिति रहेको छ ।   

सोमबारबाट डडेलधुरामा अनसन बसेका डा. केसीको स्वास्थ्यवस्था विग्रिएको छ । उनलाई हिजो शुक्रबारै डडेलधुरा अस्पताल भर्ना गरिएको छ ।  ६ दिनदेखि आमरण अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी उनलाई सत्याग्रह थालेको कोठाबाट अस्पतालमा सारिएका थियो । 

डा केसीले अस्पतालबाटै अनशन जारी राखेका छन् । सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ गते सोमबारदेखि अनशन सुरु गरेका थिए । डा. केसीको यो १७ औं पटकको अनसन हो । 

रामेछाप जिल्लाको काँडादेवी–६ स्थायी घर भएका डा केसीले यस पटक सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, डोटीमा सरकारी मेडिकल कलेज स्थापना र डडेल्धुरा अस्पतालमा दरबन्दि अनुसारका चिकित्सक स्वास्थ्यकर्मीको पदपूर्ति गर्नुपर्ने माग पनि अघि सारेका छन् । साथै यसअघि आफूसँग भएका सबै सम्झौता कार्यान्वयन लगायतका माग पनि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *