प्रधानमन्त्री भेन्टिलेटरमा, स्वास्थ्य अवस्था स्थिर, अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार, नक्कली भ्याटमा ११ अर्बको मुद्दा

मंसिर ११, काठमाडौँ । आज राजधानी काठमाडौँबाट प्रकाशन भएका अधिकांश पत्रपत्रिकाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र मेडिकल कलेज र सरकारबीचको वार्ताको विषय प्राथमिकताका साथ छापेका छन् ।   

नयाँ पत्रिका दैनिकले आज फ्रन्ट पेजमा प्रमुख समाचार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भइरहेको विषयलाई छापेको छ । नयाँ पत्रिकाले लेखेको छ, ‘प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटेको होइन, बरु एपेन्डिक्स र त्यसको वरिपरि संक्रमण फैलिएको हो । 

परम्परागत पद्धतिबाट पेट चिरेर ओलीको अप्रेसन गरियो । एपेन्डिक्स काटेर फालिएको छ l त्यस वरिपरिको क्षेत्र वास गरिएको छ । अप्रेसन लगत्तै प्रधानमन्त्री ओली होसमा आएका थिए ।’ 

त्यसैगरी आजको राजधानी दैनिकले प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी समाचारसँगै मेडिकल कलेज शुल्क विवाद, अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति शीर्षकमा समाचार छापेको छ ।आजको अन्नपूर्ण पोस्टले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सम्बन्धी समाचार प्राथमिकताका साथ छापेको छ भने नक्कली भ्याटमा ११ अर्बको मुद्दा शीर्षकमा समाचार छापेको छ ।   

राजधानी दैनिकले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र सुन तस्करविरुद्ध १३ करोड २६ लाखको मुद्दा शीर्षकमा समाचार छापेको छ ।   

अन्य पत्रपत्रिकाले फ्रन्टपेजमा छापेको समाचार यसप्रकार छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =