दाङको प्रदेश सभाको मतगणना भोली विहानबाट

मंसिर १४, दाङ । दाङको प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना भोली विहानबाट शुरु हुने भएको छ । प्रदेश सभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनको मतगणना भोलि बिहान ८ वजे देखि हुने भएको हो । 

प्रदेशसभाका केही मतदान स्थलहरु सदरमुकामभन्दा टाढा रहेकाले मतपत्र ल्याउने समय लाग्ने भएकोले भोलि बिहान ८ बजेबाट मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।   

दाङको प्रदेश सभा उपनिर्वाचनमा ६८ हजार ७ सय १९ मत खसेको छ । जुन ६६ दशमलव ५२ प्रतिशत हो ।   

null

घोराही–१६को मतगणना भने अहिले सूरु भएको छ । बार्डमा १६ हजार २६ मत खसेको छ । जसमा पछिल्लो मतपरिणाम अनुसार नेकपाले ४७, काँग्रेसले १४ र समाजवादी पार्टीले ७ मत पाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *