६ करोडको लागूऔषध सहित ब्राजिलियन नागरिक पक्राउ

कार्तिक २५, काठमाडौँ । प्रहरीले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाट लागुऔषध सहित एक ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार लागूऔषध  २ किलो कोकिनसहित  ६१ वर्षीय ब्राजिलियन नागरिक साजियो टुलाई पक्राउ गरिएको हो ।   

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको  लागुऔषध नियन्त्रण व्युरोका एसएसपी बसन्त लामाले जानकारी दिएका छन् ।  उनले भने ‘हामीले नियन्त्रणमा लिएका हौं। अझै केहि अप्रेसन चलिरहेको छ ।,’ 

Image result for पक्राउ

पक्राउ परेका ती नागरिकमाथी कारवाहीको लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । फेला पारिएको उक्त लागूऔषध नेपाली मूल्य ६ करोड बराबर हुन आउँने बताईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =