बझाङमा २० वटा सकेट बम फेला

कार्तिक २०, बझाङ । बझाङमा २० वटा सकेट बम फेला परेको छ । 

प्रहरीका अनुसार बझाङको बुङ्गल  नगरपालिका–६ मा प्लाष्टिकले बेरिएर डल्लो बनाई राखेको अवस्थामा उक्त सकेट बम फेला परेको हो । 

स्थानिय देउमल धामीले आफ्नो खेतमा काम गर्ने क्रममा प्लाष्टिकले बेरेको डल्लो भेटेपछी प्रहरीलाई खबर गर्दा  प्रहरीले खोलेर हेर्दा सशस्त्र द्वन्दका बेला लुकाएर राखेको उक्त बम फेला परेको  जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नावय उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन् । 

Related image

उक्त बमलाई संग्राम सार्दुल गुल्म पानकोटको बम डिस्पोज टोलीले डिस्पोज गरि सकेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *