मंगलबारको आलमको बयान सकियो, बुधबार फेरी बयान

कार्तिक १९, रौटहट । असोज २६ गते प्रहरीले पक्राउ गरिएको सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मंगलबारको बयान सकिएको छ ।   

न्यायाधीश दीपक ढकालले आलमसँग  ९ वटा प्रश्न गरेका थिए भने जस मध्ये आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेकोसम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय सकिएपछी बुधबार पुनः आलमको बयान सुरु हुने सरकारी वकिल कटुवालले जनाए ।   

जिल्ला अदालत रौतहटमा बयानको लागि बिहान १०.३० बजे नै अदालत लगिएको आलमको बयान ३ः १५ बजे शुरु भएको थियो । 

Image result for आलमको बयान

आलमलाई १२ वर्ष अघी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको समयमा घरमा बम बनाइरहेका बेला विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै  इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा जन्मकैदको माग दाबी सहित उनी बिरुद्ध रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *